News & Events


News & Events

१६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिका लघुवित्तमा रक्तदान कार्यक्रम सम्पन्न

21 Aug 2025
Kalika Laghubitta
१६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिका लघुवित्तमा रक्तदान कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्थाको १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटि, पोखरासंगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालय पोखरा-१०, कास्कीको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो। वि.सं. २०६६ सालमा स्थापना भएको यस संस्थाका हाल देशभरका ४८ जिल्लामा १०५ वटा शाखा कार्यालयहरु रहेका छन् । संस्थाको केन्द्रीय कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा विविध कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्य रुपमा मनाइएको थियो ।संस्थाका अध्यक्ष श्री चन्द्रबहादुर क्षेत्री ज्यू र प्रमुख कार्यकारी अधिकृत श्री कुलचन्द्र पराजुलीज्यूले रक्तदाताहरुलाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रम संस्थाका सञ्चालकहरु श्री चन्द्र वहादुर बस्नेत, श्री गणेश पौडेल, श्री युक्त बहादुर सुवेदी र श्री वसन्त बहादुर थापा समेतको समुपस्थितिमा सञ्चालन भएको थियो ।