Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
-
info@kalikabank.com.np
संचालित तालिम कार्यक्रममा आठ वटा अनुगमन मुकाम कार्यालयका अनुगमन अधिकारीहरु र जोखिम तथा कर्जा असुली विभागका २ जना गरि जम्मा १० जनाको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत कुल चन्द्र पराजुलीज्यूले गर्नुभएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेज्यूले कार्यक्रमको उदेश्य माथि प्रष्ट पार्नुभएको थियो । का.मु. प्रवन्धक हर्ष बहादुर स्याङ्तानज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई प्रमुख कार्यकारी अधिकृत कुल चन्द्र पराजुली ज्यूले प्रष्ट पार्नुभएको थियो । योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेलज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा सबै विभागका विभागिय प्रमुखहरूले सहजिकरण गर्नुभएको थियो ।