Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
-
info@kalikabank.com.np
यस कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय खस्यौली पाल्पामा संञ्चालन केन्द्र नं. १२.०७७.०१.१ सदस्य श्री बलराम तिमिल्सेना हाल लुम्बिनी प्रदेश पाल्पा जिल्ला रिब्दिकोट,०३ पाल्पामा करिब १६ वर्ष देखि बसोबास गर्दै आउनु भएको छ । गाँउमा उहाँलाई कारोबार बढाउन खोज्दा २ लाख पनि नपाउँदा उहाँले आफ्नो घर नजिकैको कालिका लघुवित्त वित्तीय संस्थामा गई त्यस संस्था रहेको कर्जाको ब्याजदर,बचतमा रहिरहेको ब्याजदर,संस्थाले दिने सेवा सुविधा,सेवा शुल्क,लघुवित्तको नीति नियमको बारेमा राम्रोसँग जानकारी लिएर उहाँले घर गएपछि फोन र्माफत हजुरहरुलाई जानकारी दिन्छु भनि त्यहाँबाट जानुभयो । संस्थाबाट गएको २ दिन भित्रमा फोन गरेर त्यस शाखाको शाखा प्रमुखलाई मलाई अरु संस्थाको भन्दा तपाईहरुको संस्थाको नीति नियम मलाई मन पप्र्यौ । अब म तपाईहरुसंग कारोबार गर्न इच्छुक छु तपाईहरु हाम्रो गाँउमा आएर कुरा गर्दै गर्नु भन्नु भयो र त्यसपछि हामी कर्मचारीहरु भएर त्यस ठाँउमा गर्यौ । हामीहरु गएर ५ जनाको नयाँ समुह बनाएर आयौ । त्यसपछि ७ दिनसम्ममा तालिम संञ्चालन गरेर मिति २०८०/१२/१२ गते समुहमा आबद्ध गरायौ । उहाँले समुहमा आबद्ध भएपछि किराना पसल परियोजनाको लागी भनि २ लाख कर्जा माग गर्नुभयो र सबै रकम पसलमा प्रयोग गरी सानो पसललाई ठुलो बनाउनु भयो । त्यसै कर्जालाई निरन्तता दिएर उहाँले २ लाखमा बाँकी सावा चुक्ता गरेर ५ लाख पुन कर्जा थप गर्नुभयो । लिएको कर्जा रकममा १ लाख पसलमा प्रयोग गर्नु भयो भने बाँकी रकमबाट गाडी खरिद गर्नु भयो । सोच सानो होइन् ठूलो राख्नु पर्दछ भन्ने एउटा उदाहरणीय व्यक्ति बन्नुभयो । उहाँको श्रीमतीले कृषि काम गर्नुहुन्थ्यो भने हाल उहाँको श्रीमतीले पसलमा संचालन गर्नुहुन्छ । भने श्रीमानले गाडी चालक हुनुहुन्छ । उहाँले भन्नुहुन्छ कि मलाई २ लाख नपत्याएको यो समाजमा आज मलाई यस कालिका लघुवित्तले एउटा राम्रोे व्यवसायीको रुपमा चिन्ने मौका दिएको छ । कालिका मेरो लागी दुःख सुखको साथी बनेको छ, मेरो आत्मबल बढाएको छ, निडर बनाएको छ,भोलिका दिनहरुमा केहि नयाँ काम गर्ने आट जगाएको छ । एउटा असल सोच हुनुभएको उहाँले गाडि खरिद गर्दा खेरी नपुगेको रकम ५० हजार पूर्ण थप गरी गाडी खरिद गर्दाको अपुग रकम पुरा गर्नु भयो । आज उहाँले कालिका मेरो जेठो छोरा हो मलाई समस्या परेको बेलामा सधै साथ पाएको छु भन्नुहुन्छ । कालिकाबाट पाएको सेवा सुविधा, कर्मचारीको व्यवहार सबै मलाई अति नै राम्रो लाग्छ । भोलिका दिनहरुमा छोरालाई बैदेशिक रोजगारको लागी पठाउन परेमा पूर्ण कालिकाबाट नै कारोबार गर्ने उहाँको चाहाना व्यक्त गर्नुभयो । उहाँबाट हामीले के कुराहरु सिक्न सक्छौ भने कर्जा लगानी गर्दा खेरी कर्जा सहि विश्लेषण, व्यक्तिको सहि पहिचान, इमान्दार, कर्जाको सदुपयोग राम्रोसंग गरेर छोटो समयमा पनि सफल बन्न सकिन्छ भन्ने एउटा उदाहरणीय व्यक्ति बन्नु भएको छ ।